काठमाडौं । ओम डेभलपमेन्ट बैंकले प्रस्तावित १२.७०प्रतिशत बोनस सेयर खारेज गर्ने भएको छ । ओमको शुक्रबार बसेको सञ्चालक समिति बैंठकले प्रस्तावित बोनस सेयर वितरण नगर्ने निर्णय गरेको हो । एनएमबि बैंकसँग मर्जरमा जाने सम्झौता भएपछि बोनस वितरण नगर्ने भएको हो ।
मर्जर सम्झौता भइसकेकाले बोनस वितरण गर्दा सेयर स्वाप रेसियोमा असर पर्ने भन्दै ओमले प्रस्तावित बोनस खारेज गर्न लागेको हो । मर्जरपछि एकीकृत साधारण सभा गरी दुवै संस्थाका सेयरधनीलाई आर्थिक वर्ष २०७५।७६ को नाफाबाट लाभांश वितरण गर्ने सहमति भएको ओमले जनाएको छ । बैंकले बोनस सेयर वितरण नगर्ने प्रस्तावसहित साधारण सभा बोलाउनका लागि राष्ट्र बैंकसँग अनुमति मागेको छ ।
१२ जेष्ठ २०७६, आईतवार १३:५३
Comment