अजोड इन्स्योरेन्स कम्पनीको शाखा कार्यालय वनेपामा सञ्चालन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

अजोड इन्स्योरेन्स कम्पनीको शाखा कार्यालय वनेपामा सञ्चालन



काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको शाखा कार्यालय वनेपामा सञ्चालनमा आएको छ । समुदघाटन कम्पनीका संचालक आजाद श्रेष्ठ र बीमा समितिका अध्यक्ष चिरन्जिबि चापागाईले गरेका थिए ।

कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले उपस्थित जनसमुदायलाई स्वागत गर्नुका साथै बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल तथा उद्योग वाणिज्य महासंधका केन्द्रिय सदस्य सुरकृष्ण वैद्यले संस्थाको उन्नती, प्रगतीको लागि शुभकामना दिएका थिए ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले संस्थाको परिचय, समग्र अवस्था, गतिविधि, भावी कार्य योजना तथा कम्पनीको समग्र अवस्थाका बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रमलाई समापन गर्दै कम्पनीका संचालक अजाद श्रेष्ठले कम्पनीको प्रधान कार्यालय सहित ३० वटा शाखा सञ्चालनमा रहेको र कम्पनीले निर्जीवन बीमाका सम्पूर्ण सेवा सुबिधाहरु तथा दावी भुक्तानी छिटो र छरितो तरिकाले उपलब्ध गराउन शाखाको स्थापना गरिएको जानकारी गराए ।

प्रकाशित : १३ जेष्ठ २०७६, सोमबार ०८:०२