इरानले कच्चा तेल निर्यात बढाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

इरानले कच्चा तेल निर्यात बढाउने



काठमाडौ। कच्चा तेल उत्पादन गर्ने देशहरुले उत्पादन कटौतीका साथै सप्लाई घटाएर घट्दो तेलको मूल्यलाई नियन्त्रणमा राख्ने निर्णयलाई कडा चुनौतीको सामना गर्नु पर्ने देखिएको छ । इरानले कच्चा तेलको उत्पादनका साथै सप्लाई बढाउने भएको छ । इरानलाई परमाणु हतियार बनाएको आरोपमा प्रतिबन्ध लगाइएको थियो । पछिल्लो समय उक्त प्रतिबन्ध हटेको छ । प्रतिबन्ध हट्ना साथ इरान सप्लाई बढाएर आफ्नो पुरानो बजार हिस्सा ओगट्न चाहन्छ । जसका कारण पनि इरान सप्लाई कटौतीमा नगर्ने पक्षमा देखिएको छ ।
इरानले स्पष्ट रुपमा भनेको छ कि आफु प्रतिबन्ध लाग्नु अघिको बजार स्तर सम्म पुग्ने जहाँ उसको दैनिक २५ लाख ब्यारेल कच्चा तेल निर्यात भई रहेको थियो । इरानलाई प्रतिबन्ध लाग्ना साथ उसको निर्यात तथ्यांक घटेर दैनिक ११ लाख  ब्यारेल भएको थियो । इरानको निर्यात घटे पछि अरु देशहरुले उत्पादन तथा निर्यात बढाएका थिए जसका कारण विश्व भरि कच्चा तेलको भाउ घट्दै गइ रहेको देखिन्छ । त्यसैले पनि इरान आफ्नु पुरानै बजार हिस्सा ओगट्ने धुनमा लागि रहंदा उसबाट उत्पादन कटौतीको अपेक्षा गर्नु ब्यर्थ देखिन्छ ।
मंगलबार बसेको कतार, रसिया, साउदी अरब तथा भेनेजुयेलाको बैठकले कच्चा तेलको उत्पादन अघिल्लो महिनाको हाराहारीमा मात्रै सिमित गर्ने र उत्पादन नबढाउने सहमति गरेको थियो । साथै उक्त बैठक मार्फत इरानलाई समेत उत्पादन नबढाउन अनुरोध गरिएको थियो जुन अनुरोधलाई आधारहीन बताउदै इरानले उत्पादन बढाउने निर्णय गरेको छ ।
अहिले बजारमा कच्चा तेलको मूल्यमा लगातार गिरावट आइ रहेको छ । डब्लूटीआई कु्रड करीब शुन्य दशमलव ५ प्रतिसतले झर्दै २९ डलरको आसपास कारोबार भई रहेको छ भने ब्रेंट कु्रड पनि शुन्य दशमलव ४ प्रतिसतले झरी करिब ३२ डलरमा कारोबार भई रहेको छ ।
नेपालमा पनि अन्तरराष्ट्रिय बजार भाउ घटेसंगै मुल्यमा कटौती गरेको छ । यद्यपि उपभोक्ताले भने अझै सहज रुपमा तेल भने पाई रहेका छैनन् । एजेन्सी

प्रकाशित : ८ फाल्गुन २०७२, शनिबार ०४:३९