हिमाल दोलखा हाइड्रोपावर कम्पनीको आईपीओ बिक्री खुल्ला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

हिमाल दोलखा हाइड्रोपावर कम्पनीको आईपीओ बिक्री खुल्ला



काठमाडौ । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको आज जेठ १४ गते मंगलबारदेखि स्थानीयका लागि आईपीओ बिक्री खुल्ला गरेको छ । कम्पनीले १६ लाख कित्ता आईपीओमा आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिका वडा नं. ९, १० र माई नगरपालिका वडा नं. ९ का बासिन्दा तथा आयोजना प्रभावित क्षेत्र इलाम जिल्लामा स्थायी बसोबास गर्नेहरुले मात्र आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओ छिटोमा जेठ २८ र ढिलोमा असार १३ सम्म बिक्रीमा रहने छ । आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

हाल कम्पनीको चुक्ता पुँजी ८२ करोड छ । आईपीओ जारी पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ६० करोड पुग्नेछ कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । यो औसतभन्दा कम हो ।

प्रकाशित : १४ जेष्ठ २०७६, मंगलवार १२:००