९ हजार कर्मचारीका लागि लोकसेवाको विज्ञापन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

९ हजार कर्मचारीका लागि लोकसेवाको विज्ञापन



लोकसेवा आयोगले  झण्डै ९ हजार कर्मचारीका लागि विज्ञापन गरेको छ । स्थानीय तहमा कर्मचारी अपुग भइरहेका बेला आयोगले झण्डै ९ हजार कर्मचारीको पदपूर्तिका लागि खुला विज्ञापन गरेको हो । खुलातर्फ ९ हजार र बढुवातर्फ ६ हजार कर्मचारीको पदपूर्तिका लागि विज्ञापन गरेको छ ।

 

लोकसेवाले असार तीन गतेसम्मको म्याद दिएर दरखास्त माग गरेको छ । प्रतियोगितात्मक परीक्षाबाट छनौट भएका उम्मेदवारहरुको रोजाई प्राथमिकता क्रम अनुसार स्थानीय तह तोकी सिफारिस गरिनेछ ।

यसरी सिफारिस भएका उम्मेदवारलाई सम्बन्धित स्थानीय तहले नै स्थायी नियुक्ति दिनेछन् । सेवाका शर्त र तलब तथा अन्य सुविधा सम्बन्धित स्थानीय तहको कानून बमोजिम हुने विज्ञापनमा जनाइएको छ ।

सरकारले स्थानीय तहको पदपूर्ति गरेपछि क्रमशः सङ्घ र प्रदेशमा कर्मचारी भर्ना गर्ने तयारी गरेको छ । कर्मचारी समायोजन भए पनि अझै १६ हजार २६२ कर्मचारी स्थानीय तहमा अपुग छन् ।

आयोगले ९ हजार कर्मचारीको पदपूर्ति गरे पनि अझै सात हजार कर्मचारी स्थानीय तहमा अपुग हुने देखिएका छन् । यसैगरी सङ्घमा दरबन्दी ४८ हजार ४०९ मध्ये ३९ हजार ९६० र प्रदेशमा २२ हजार २९७ मध्ये १३ हजार ८२१ कर्मचारी समायोजन गरेको हो । अझै सङ्घमा आठ हजार ४४९ र प्रदेशमा आठ हजार ४७६ कर्मचारी अपुग छन् ।

विज्ञापन यहाँ हेर्नुस्

 

प्रकाशित : १५ जेष्ठ २०७६, बुधबार ०७:३०