सेञ्चुरी बैंक र मेटलाइफ इन्स्योरेन्सबीच सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सेञ्चुरी बैंक र मेटलाइफ इन्स्योरेन्सबीच सम्झौता



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र मेटलाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौता अनुसार ग्राहकले सेञ्चुरी कमर्सियल बैंकका सबै शाखाबाट उक्त कम्पनीको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानीलगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सकिने छ ।

उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम र मेटलाइफ इन्स्योरेन्स कम्पनीका उपाध्यक्ष एवम् महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

प्रकाशित : १५ जेष्ठ २०७६, बुधबार ११:५४