सोमबारका पत्रपत्रिकाहरुमा आर्थिक खबरहरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सोमबारका पत्रपत्रिकाहरुमा आर्थिक खबरहरु



सरकारले भुकम्प प्रभावित जिल्लाका जनताले बैंकहरुबाट लिएको ५० हजार रुपैयाँसम्मको ऋण मिनाहा गर्ने भएको छ । कान्तिपुर दैनिकले जनाए अनुसार अथंमन्त्री डा. रामशरण महतको अध्यक्षतामा बसेको मन्त्रिपरिषदको अर्थ समितिको बैठकले भुकम्पले क्षति पुर्याएका जिल्लाका किसानहरुले लिएका ५० हजार रुपैयाँसम्मको ऋण मिनाहा गर्ने निर्णय गरेको हो ।

सरकारले भुकम्म पीडितलाई नयाँ घर बनाउन दिने भनेको दुई प्रतिशत ब्याज दरको कर्जा प्रबाहमा रहेको अन्योल हटाउँन बैंकहरुले माग गरेका छन् । नेपाल बैंकर्स संघको बैठकले सरकारले असारसम्म नयाँ घर निर्माणमा कर्जा प्रबाह गर्न रोक लगाएको अबस्थामा तत्काल त्यस्तो कर्जा प्रबाह गर्न नसकिने अवस्था रहेको ठहर गरेको छ । कारोबार दैनिकले जनाए अनुसार राष्ट्र बैंकले १० बर्षसम्म अवधि तोकेर २ प्रतिशत ब्याज दरको आवास कर्जा दिन सकिने कार्यविधि सार्वजनिक गरेकोमा बैंकरहरुले त्यो अबधि २० बर्षको हुनुपर्ने सुझाव दिएका छन् । बेंकर संघका उपाध्यक्ष अनिलकेशरी शाहको भनाई भन्दै दैनिकले भुकम्पले ऋणीहरुको ऋण तिर्न सक्ने क्षमतामा कमी आएको भन्दै कर्जा अवधि २० बर्ष पु्याउँन माग गरेका हुन ।

बैंकहरुले भुकम्पपछिको पुर्ननिर्माणमा सघाउन एक खर्ब १० अर्बसम्मको रकम सरकारी योजना अनुसार पुनर्निमाण सम्बन्धी कामहरुमा लगानी गर्नसक्ने जनाएका काठमाडौ पोष्टले लेखेको छ ।

कारोबार दैनिकका अनुसार हालैको भुकम्पमा भत्किएका घरहरु बनाउन सवा दुइृ खर्ब क्युविक फिट काठ चाहिने भएको छ । यसको बजार मूल्य एक खर्ब १५ अर्ब बराबरको हुने जनाईएको छ ।

नेपाल उद्योग परिसंघले भुकम्पबाट प्रभावित अर्थतन्त्रलाई सुधार गर्न कर्जाको ब्याज दर तत्काल न्य’न बिन्दुमा ल्या झार्न माग गरेको छ । परिसंघका अध्उयक्ष नरेन्द्रकुमार बस्नेतले अहिलेको अबस्थामा कर्जाको बयाज दर घटाएर अर्थतन्त्रमा देखिने प्रभाव न्युनीकरण गर्न सकिने बताएको कारोबार दैनिकमा उल्लेख छ ।

प्रकाशित : ११ जेष्ठ २०७२, सोमबार ०२:४५