वृद्ध भत्ता ५० प्रतिशतले बढाएर ३ हजार रुपैयाँ पुग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

वृद्ध भत्ता ५० प्रतिशतले बढाएर ३ हजार रुपैयाँ पुग्यो



सरकारले वृद्ध भत्तालाई ५० प्रतिशतले बढाएर ३ हजार रुपैयाँ पुर्याएको छ । जेष्ठ नागरिकलाई यस अघि मासिक २ हजार प्रदान गर्दै आएकोमा अब ३ हजार रुपैयाँ पुयाईएको छ । यसबाट देशभरका १३ लाख ज्येष्ठ नागरिकलाई लाभ पुग्ने छ । यसैगरी सरकारले एकल महिला भत्ता पनि मासिक १ हजार रुपैयाँ वृद्धि गरिएको छ । यस्तै प्रत्येक स्थानीय तहमा जेष्ठ नागरिक सेवा तथा मिलन केन्द्र सञ्चालन गरिने भएको छ । नेपालमा कोही भोकै पर्दैन, भोकले कोही मर्दैन भन्ने नारा सहितको कार्यक्र संचालन गरिने भएको छ । । चरम गरिबी भएको ठाउँमा गरिबसँग विश्वेश्वर कार्यक्रम सञ्चालन गरिने भएको छ । सरकारले आगामी आबका लागि सामाजिक सुरक्षा कार्यक्रमका लागि ६८ अर्ब ५० करोड विनियोजन गरेको छ ।

प्रकाशित : १५ जेष्ठ २०७६, बुधबार १७:०५