मलेसियाले विदेशी कामदार नलिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मलेसियाले विदेशी कामदार नलिने



AHMADZAHIDHAMIDI_NAJIBRAZAK_BOOKLAUNCH_TMINAJJUA_170216_03_preview-704x455मलेसियाले आफ्नो मुलुकमा नयाँ विदेशी कामदारलाई रोजगारी दिन बन्द गर्ने तयारी थालेको छ । मलेसियाका उपप्रधानमन्त्री एवं गृहमन्त्री अहमद जाहिद हमिदीले शुक्रबार एक कार्यक्रमका बीच विदेशी कामदार तत्काल नलिने निर्णय भएको बताएका हुन् ।

मलेसियाको सारवाक राज्यमा आयोजित एक कार्यक्रममा उनले भने, ‘हामीले सबै स्रोत मुलुकका कामदार लिन शुक्रबारदेखि नै रोकेका छौं ।’ उनको यो भनाईको मलेसियाली सरकारी समाचार समिति बर्नामाले पुष्टि गरेको छ ।
उनले अब सरकारले बिदेशी कामदारको आबश्यकता कति छ भन्ने यकीन डाटा तयार पारेर मात्र बिदेशी कामदार लिन खुला गर्ने बताए । बंगलादेशसँग १५ लाख कामदार लिने निर्णय गरेको भोलीपल्टै उपप्रधानमन्त्रीको यस्तो अभिब्यक्ति आएको हो ।

उनले बंगदालेशको हकमा पनि यो नियम लागु हुने बताए । उनले मुलुकभित्र रहेका अबैध विदेशी कारमदारलाई बैद्य बनाउने चुनौति रहेको बताउँदै यो काम नसकिएइसम्म नयाँ कामदान नलिने बताए ।

नेपालीका लागि पनि मलेसिया मुख्य गन्तव्य मुलुक हो । मलेसियामा करिब ५० हजार नेपाली कामदार रहेको अनुमान छ । यो वर्षको पुस महिनामा मात्रै ४ हजार ५ सय कामदार त्यहाँ गएका थिए ।

विभिन्न म्यानपावरहरुमा करिब १४ हजार कामदार मलेसियाकालागि मागिएको छ । आर्थिक मन्दी, फ्रि भिसा टिकट र लेविको विषय उठेपछि मलेसिया जाने नेपाली कामदारको संख्या घटेको छ ।

प्रकाशित : ८ फाल्गुन २०७२, शनिबार ०५:१३