सेयर बजारका लागि बजेटमा यस्तो छ ब्यवस्था « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सेयर बजारका लागि बजेटमा यस्तो छ ब्यवस्था



धितोपत्रको दोस्रो बजारमा निश्चित कारोबार गर्ने भन्दा बढीको सेयर कारोबार गर्ने लगानीकर्ताको स्थायी लेखा नम्बर (प्यान) सहितको विवरण नेप्से तथा सिडिएससी राफसाफ प्रणालीमा आबद्व गरिने छ ।

धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से)को संस्थागत सुधार गरिने छ। संघीय संसदमा आगामी आवको बजेट प्रस्तुत गर्दै मन्त्री खतिवडाले सबै कराोबार गर्नेै गरी धितोपत्र बजार फराकिलो बनाउने बताएका छन् ।

कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष, निक्षेप तथा सुरक्षण कोषको वित्तीय विवरण एकिकृत रुपमा प्रकाशन गर्ने व्यवस्था मिलाईने भएको छ । ट्रस्टि ऐन बनाएर सेयर अभौतिकीकरण र सिडिएससी लगायतका कार्य व्यवस्थित गरिने भएको छ ।

सबै प्रकारका ऋणपत्र र धितोपत्रको कारोबार विद्युतीय प्रणालीबाट गर्न विद्युतीय कारोबार प्रणालीलाई सुरक्षित र पारदर्शी बनाइने उल्लेख छ । सरकारी ऋणपत्र खरिद र बिक्रीका लागि अनलाइन प्रणाली विकास गरिने भएको छ ।

प्रकाशित : १५ जेष्ठ २०७६, बुधबार १८:०७