समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई ग्लोबल आइएमई बैंकको ५ लाख सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई ग्लोबल आइएमई बैंकको ५ लाख सहयोग



काठमाडौं । ग्लोबल आइएमई बैंकले महानगरिय ट्राफिक महाशाखालाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकअन्तर्गत नेपाल प्रहरीको समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखालाई भवन निर्माणका लागि ५ लाख रुपैयाँ सहयोग गरेको हो ।

 

आइतबार आयोजित एक कार्यक्रममा बैंकका कामु कार्यकारी प्रमुख महेश शर्मा ढकालले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक बसन्त कुमार पन्तलाई उक्त रकम हस्तान्तरण गरेका हुन । उक्त कार्यक्रममा बोल्दै कामु कार्यकारी प्रमुख ढकालले महानगरीय ट्राफिक प्रहरी महाशाखाको समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरेका छन ।

प्रकाशित : २० जेष्ठ २०७६, सोमबार ०८:२४