कामै नगर्ने यस्ता सेयर ब्रोकर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कामै नगर्ने यस्ता सेयर ब्रोकर



काठमाडौं । संभवत नेपालको सेयर बजारमा सबैभन्दा धेरै निलम्बन हुने र कारवाहीमा पर्ने ब्रोकर कम्पनी ३ नम्बरको अरुण सेक्यूरिटिज कम्पनी हो । यस्तै कारोवारमा कहिल्यै नामै नआउने सुस्तचाहि“ ४ नम्बर ब्रोकर कम्पनी ओपल सेक्यूरिटिज हो । कुनैबेला ब्रोकर संघको अध्यक्ष समेत रहेका नबराज अधिकारीको ब्रोकर कम्पनी पुतलीसडकको कार्यालय छाडेर घरमै सरेपछी सुस्तायो । उनी आफु र आफ्ना नजिकका व्यक्तिको बाहेक काम गर्दैनन र कम्पनी अरुलाई चलाउन पनि दि“दैनन् । कम्पनी ओगटेर बसिरहेको भन्दै उनको आलोचना पनि हुने गरेको छ ।
त्यसो त ४ नम्बर ब्रोकर कम्पनी किन्ने अफर गरेर दौडधुप गर्नेहरुलाई उनले ४ करोडको मुल्य राखेर तर्साइदिएको खबर पनि धेरै सुनिन्छ । अहिले त बैंकहरुलाई पनि ब्रोकर लाइसेन्स दिने, अरु प्राईभेट ब्रोकर पनि थप्ने र सब ब्रोकरको पनि व्यवस्था गर्ने नियम आउने भएपछी अब ब्रोकर कम्पनीको भाउ खोल्ने लागत मात्र हुने अवस्थामा छ ।
उता ३ नम्बर ब्रोकर कम्पनी अरुण्ँ सेक्युरिटिज भने जहिले पनि नराम्रो काम गरेको आरोपमा विवादमा आउने गरेको छ । कहिले सेयर बिक्री गरेर रकम नदिएको त कहिले आफ्नै सेयर आफैले किनबेच गरेर । कहिले आफ्न्तको नाममा सेयर कारोवार गरेर त कहिले बैंकले रोक्का राखेको सेयर बिक्री गरिदिएर यो ब्रोकर कम्पनी कारवाहीमा परिरहेको छ ।
गतबर्ष ४३ दिनसम्म निलम्बनमा परेको सो कम्पनीको ब्रोकर लाइसेन्स खारेज गरिदिने बिषयमा पनि धेरै छलफल भयो । तर, नेप्सेका अधिकारीहरुलाई केही रकम चढाएपछी फुकुवा भैहाल्यो । नेप्सेका जिएम सिताराम थपलियाले त्यसबेला ब्रोकर कम्पनीको आधार सेयर सित्तैमा मागेको र नदिएमा लाइसेन्स नै खारेज गराईदिने धम्की दिएको कुरा समेत सार्वजनिक भएको थियो ।
केही बर्षअघि सिंक्रो मिडिया चलाउने र सेयर बजारमा ठुला लगानीकर्ताका रुपमा चिनिइसकेका अर्जुनबन्धु रेग्मीले ३ नम्बर ब्रोकर कम्पनी ६५ लाख तिरेर किनेका थिए । सेयर बजार बुम भएको बेला किनिएको सो कम्पनीले एक बर्षमै आफ्नो लगानी उठाइसकेको थियो । उनी आफु बजारको खेलाडी भए पनि आफ्नी छोरी जेत्री रेग्मीको नाममा कम्पनी नामसारी गराएर राखेका थिए । विवाह भैसकेको छोरीको नाममा कम्पनी भएका कारण उनले आफ्नी श्रीमती, जेठिसासु र अनेकन नातेदार ल्याएर कम्पनी चलाउन छाडिदिए । उनी आफु साधारण सेयरधनीको रुपमा स्टाण्डर्ड चाटर्ड बैंकको सन्चालक भए पनि उनले आफ्नै कम्पनीबाट आफै कारोवार गर्नचाहि“ छाडेनन् । जुन नियमविपरित हो । विदेशमा भए यस्तो कारोवारमा इन्साईडर ट्रेडिङको रुपमा जेल सजायसमम हुन्छ तर पैसा कमाएपछी नेपालमा कानुनको अपब्याख्या गरेर पनि बच्न सकिन्छ भन्ने नजिर स्थापित भयो ।
अरुण सेक्यूरिटिज यतिखेर फेरी निलम्बनमा छ । धितोपत्र बोर्डले दिएको निर्देशन पालना नगरेको र एकाघर परिवार भित्रै कारोवार गरेको अभियोगमा सो ब्रोकरलाई निलम्बन गरिएको हो । यस्तो केशमा ब्रोकर लाइसेन्स खारेज गर्नुपर्ने हो । तर, बोर्डका अधिकारीहरु विदामा रहेको भन्दै फाईल लुकाएर वार्गेनिङ गर्न थालिएको छ ।
सो ब्रोकर कम्पनी लगानीकर्ता अर्जुनबन्धु रेग्मीको छोरी जेत्री रेग्मीको नाममा दर्ता रहेको छ । उनको सो कम्पनीवाट आफन्तहरु पुण्यप्रसाद पौडेल र कृष्णराज रेग्मीको नाममा अनेकन कारोवार गरिएको छ । ब्रोकर कम्पनीका सेयरहोल्डर र उनका नातेदारले दोस्रो बजारबाट सेयर कारोवार गर्न नमिल्ने भए पनि उनीहरुले थुप्रै कारोवार गरेको पाइएको नेपाल स्टक एक्सचेन्ज र बोर्डको अनुसन्धानवाट फेला परेको छ । रेग्मीले छोरीको विवाह भैसकेकोले आफूले गरेको कारोवार एकाघरको कारोवार नठहरिने दाबी गर्ने गरेका छन् । तर, कानुनी रुपमा उनको सो कार्य गलत भएको मानिनेछ । कानुनले नै एकघर वा नजिकको नातेदारमा श्रीमान÷श्रीमतीपछी छोराछोरीलाई मानेको छ ।
सो कम्पनीले एकाघर परिवारभित्र कारोवार गरेको भन्दै नेपाल स्टक एक्सचेन्जले कारवाही गरेको थियो । सो फाइल बोर्डले पनि अध्ययन गरेको थियो । बोर्डको अध्ययनले पनि सो कम्पनीको कारोवार एकाघर परिवार भित्र भएको फेला पारेपछि आगामी दिनमा त्यस्तो नगर्न सचेत गराउदै कारोवार खुल्ला गरिएको थियो । तर सो कम्पनीवाट पुन एकाघर परिवार भित्रै कारोवार भएको तथ्य खुलेपछि कारोवार गर्न नपाइने गरी बोर्डले निलम्बन गरेको हो ।
बोर्ड स्रोतले दिएको जानकारी अनुसार सो कम्पनी खारेज हुनेसम्मको कारवाही हुन सक्ने सम्भावना छ । छोरीको नाममा कम्पनी खोल्ने र बाबुले बजारलाई प्रभावित पार्नेगरी कारोवार गर्ने कार्य ऐन कानुन विपरित भएको तथा यसो नगर्न पटक पटक निर्देशन दिदा पनि अवज्ञा गर्ने गरिएकोले खारेजै गर्ने मनस्थितिमा बोर्ड अधिकारी पुगेको स्रोतको दाबी गरेको छ ।सेयर बजार साप्ताहिकबाट

प्रकाशित : ८ फाल्गुन २०७२, शनिबार ०६:५३