१६ प्रतिशत बोनस सेयर पारित गर्न जेठ २६मा बोलायो प्राइमले साधारण सभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

१६ प्रतिशत बोनस सेयर पारित गर्न जेठ २६मा बोलायो प्राइमले साधारण सभा



काठमाडाै । प्राइम कमर्सियल बैंकले मर्जर तथा एक्विजिसन सम्बन्धी प्रस्तावसहित जेठ २६ गते वार्षिक साधारण सभा बोलाएको छ । प्राइमले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव सभामा पेश गर्न लागेको हो ।  पूर्वघोषित १६% बोनस सेयर प्रस्ताव पारित गर्ने एजेन्डा समेत छ ।

सभा नेपाल एकेडमी, कमलादी काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । साधारण सभा प्रयोजनका लागि प्राइमले जेठ ९ गतेदेखि जेठ २६ गतेसम्म बुक क्लोज गरेको छ । जेठ ८ गतेसम्म कायम रहने सेयरधनी बोनस सेयरको हकदार हुनेछन् । यस्तै, वार्षिक प्रतिवेदनमा छलफल, नाफा नोक्सान हिसाबकिताब, लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक तोक्ने लगायतका एजेन्डा राखिएका छन् ।

प्रकाशित : २१ जेष्ठ २०७६, मंगलवार ०७:५५