८० मेगावाट बिजुलीको औपचारिक आयात « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

८० मेगावाट बिजुलीको औपचारिक आयात



काठमाडौं । नेपालले भारतसँग खरिद गरेको थप ८० मेगावाट बिजुलीको औपचारिक आयात सुरु भएको छ । ढल्केबर-मुजˆफरपुर अन्तरदेशीय प्रसारण लाइनबाट आयात हुने बिजुलीको शनिबार भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओेली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा रिर्माटमार्फत स्वीच थिचेर उद्घाटन गरेका छन् ।

दुबै प्रधानमन्त्रीले हैदराबाद हाउसमा भएको एक समहारोमा बिजुलीको स्वीच अन गरेर उद्घाटन गरेका हुन् । नेपाल विद्युत् प्राधिकरण र भारत सरकारको नोडल एजेन्सी -एनभीभीएन)बीच बिजुली खरिद बिक्री सम्झौता भइसकेको छ ।

सम्झौताअनुसार नेपालले आगामी असारसम्म ढल्केबर-मुजˆफरपुर प्रशारण लाइनबाट ८० मेगावाट बिजुली ल्याउने छ । आयात हुने बिजुलीको मूल्य प्रतियुनिट ७ रुपैयाँ ३ पैसा पर्नेछ । एनभीभीएनले प्राधिकरणलाई प्रतियुनिट भारु ३.४ अर्थात ५ रुपैयाँ ५० पैसामा बिजुली बेचेको हो ।

त्यसमा आयात लागत जोड्दा ७ रुपैयाँ माथि पुगेको छ । प्राधिकरणले अन्तरदेशीय प्रसारण लाइन निर्माण दुई कम्पनीलाई प्रतियुनिट १ रुपैयाँ ५३ पैसा प्रसारण शुल्क तिर्नुेपर्ने भएकाले थप महंगो भएको हो ।

सम्झौताअनुसार गत बुधबारदेखि भारतदेखि ३० मेगावाट बिजुली परीक्षणका रुपमा ल्याउन सुरु भईसकेको थियो । आजदेखि सम्झौता अनुरुप पुरै ८० मोगावाट बिजुली आउन सुरु भएको छ ।

प्रकाशित : ८ फाल्गुन २०७२, शनिबार ०८:३७