केपी ओली प्रवृत्ति छोड्नुस्ः राजेन्द्र महतो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

केपी ओली प्रवृत्ति छोड्नुस्ः राजेन्द्र महतो



काठमाडौं । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले बजेट संघीयताको मर्मअनुसार बजेट नआएको बताए । मंगलबार बजेटमाथि संसदमा भएको छलफलमा भाग लिँदै उनले आफूहरुले ‘केपी ओली मार्का’को नभई स्वायत्त, अधिकार सम्पन्न प्रदेश मागेको बताएका छन् ।  विदेश नीति, राष्ट्रिय सुरक्षा, मौदि्रक र राष्ट्रिय गौरबका आयोजना बाहेक सबै प्रदेशलाई दिनुपर्ने भन्दै उनले भने, ‘संघीयतालाई असफल पार्ने बजेट आएको छ, यो दुःखद हो । ‘

महतोले स्थानीय तहमा कर्मचारी भर्ना गर्न लोकसेवा आयोगले गरेको विज्ञापनको विरोध गरे । उनले भने, दादा गिरी नगर्नुस्, केपी ओली प्रवृत्ति छोड्नुस् ।’
सांसद महताले सांसदलाई दिएको ६ करोडको विरोध भइरहेको भन्दै निर्वाचन प्रणाली नै फेर्न प्रस्ताव गरे ।

प्रकाशित : २१ जेष्ठ २०७६, मंगलवार १३:३८