हिमालयन हाइड्रोको आईपिओ निष्काशनको बिक्री प्रबन्धकमा जनता क्यापिटल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

हिमालयन हाइड्रोको आईपिओ निष्काशनको बिक्री प्रबन्धकमा जनता क्यापिटल नियुक्त



काठमाडौ । हिमालयन हाइड्रो पावर लिमिटेडले आईपिओ निष्काशनगर्न जनता क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । हिमालयन हाइड्रोले रु. १००÷(अंकित दरको २२ लाख ५० हजार कित्ताको २२ करोड पचास लाख रुपैंया बराबरको आईपिओ निष्काशन गर्न लागेको हो जसमध्ये ९ लाख  कित्ताको ९ करोड रुपैंया बराबरको शेयर परियोजना प्रभावित स्थानिय क्षेत्रहरुको लागि छुट्याइएको छ ।

आईपिओ निष्काशनगर्ने सम्बन्धमा हिमालयन हाइड्रो र जनता क्यापिटलबीच सम्झौता भएको छ ।

 

आईपिओ निष्काशन सम्बन्धि सम्झौता हिमालयन हाइड्रो पावर लिमिटेडका तर्फबाट ऐ.कासंचालकशिवकृष्ण श्रेष्ठ र बिक्री प्रवन्धक जनता क्यापिटल लिमिटेडका तर्फबाट ऐ. काकार्यकारी निर्देशकबिश्व सुवेदीले हस्ताक्षर गरेकाछन् । साथै, कम्पनीले आउँदो दशैैं सम्ममा विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ ।

जनता बैंक नेपाल लिमिटेडको शतप्रतिशत लगानीमा स्थापित जनता क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट कारोवार अनुमति पाए संगै जनता बैक नेपाल लिमिटेड र स्पर्श माईक्रोफाईनान्स लिमिटेडको शेयर रजिष्ट्रेशन सम्बन्धी कारोवार शुरु गरिसकेको छ ।

प्रकाशित : २१ जेष्ठ २०७६, मंगलवार १४:३६