के कारण घट्दैछ नेप्से ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

के कारण घट्दैछ नेप्से ?



नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३ दशमलव ५६ अंकले घटेर १ हजार २ सय ८९ दशमलव २८ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक शुन्य दशमलव ६२ अंकले घटेर २ सय ७४ दशलमव ८६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन १ सय ७२ कम्पनीको २२ लाख ५२ हजार ५४६ कित्ता शेयर खरिदबिक्री भई ७१ करोड ५४ लाख ७८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन सबैभन्दा बढी कारोबार शिवम सिमेन्टको भएको छ । जसको कारोबार १२ करोड १३ लाख ११ हजार रुपैयाँ बराबरको भएको छ ।

मंगलबार कारोबारमा आएका १२ उप समुह मध्ये ४ समुहको सूचक मात्रै बढेको छ भने अन्य ८ समूहका सूचकहरु घटेका छन् । सबै भन्दा धेरै उत्पादन तथा प्रशोधन समुहको सूचक ४१.०२ अंकले बढेको छ। यस्तै होटल ३२.६७, विकास बैंक २.४९, फाइनान्स ०.४ अंकले बढेका छन् । निर्जीवन बीमा कम्पनीको सूचक सबै भन्दा धेरै ५५.०३ अंकले घटेको छ । यस्तै जीवन बीमा माइक्रोफाइनान्स, अन्य समुहको सूचक ओरालो लागेका हुन् ।

यस दिन सर्वाधिक कमाउनेमा ताँरागाँउ रेजेन्सी होटलको भएको छ । जसको शेयर मूल्यमा ६ दशमलव ९८ प्रतिशतले बढेको छ । यस्तै गुराँस लघुवित्त, कन्काई विकास बैंक, गुहेश्वरी मर्चेन्ट फाइनान्स, कैलास विकास बेंक लगायतको शेयरमूल्य शेयर मूल्य बढेको छ ।

यस दिन सर्वाधिक गुमाउनेमा जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ६ दशमलव ३८ प्रतिशतले घटेको छ । मल्टिपर्पस फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, मेरो माइक्रोफाइनान्स, मन्जुश्री फाइनान्स लगाएको शेयरमूल्यमा गिरावट आएको छ ।

प्रकाशित : २१ जेष्ठ २०७६, मंगलवार १७:१२