बैंकले सवारी कर्जामा कडाइ गरेपछि अटो बजार सुस्तायो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

बैंकले सवारी कर्जामा कडाइ गरेपछि अटो बजार सुस्तायो



काठमाडौं । कामकाजका लागि सवारी साधन अनिवार्य आवश्यकताको साधन भए पनि बैंकले सवारी कर्जामा कडाइ गरेपछि अटो बजार सुस्ताएको छ । सरकारले सवारी साधनलाई बिलासिता वस्तुको रुपमा हेर्ने, बैंक तथा वित्तीय संस्थामा तरलता अभाव हुँदा कर्जा नपाउनु तथा महंगो ब्याजका कारण सवारी साधन बिक्रीमा कमी आएको व्यवसायीले बताएका छन् ।

अटोमोबाइल्स डिलर्स एसोसिएसन अफ नेपाल (नाडा) का पूर्वअध्यक्ष अञ्जन श्रेष्ठका अनुसार अटो बजारमा वार्षिक २० प्रतिशतले बढ्नुपर्नेमा पछिल्लो दुई वर्षमा घट्दै गएको छ । सवारी कर्जामा कडाइ र ब्याजदर महंगो हुँदा सवारी साधनको बिक्री ह्वात्तै घटेको छ, श्रेष्ठले भने, निजीमात्र नभएर सार्वजनिक सवारी साधन किन्नेको संख्यामा कमी आयो ।

‘मुलुकमा पूर्वाधार निर्माणसँगै गाउँ गाउँमा सडक निर्माण भइरहेकाले सवारी साधन बिक्री बढ्नुपर्ने हो । सवारी किन्नका लागि कर्जा अनिवार्य आवश्यक छ’ पूर्वअध्यक्ष श्रेष्ठले भने, ‘बैंकबाट ऋण नपाएपछि सवारी साधन किन्ने घटे ।’

गत वर्ष सार्वजनिक र निजी गरी करिब २५ हजार सवारी साधन बिक्री भएकामा यो वर्ष १८ हजारको हाराहारीमा बिक्री भएको श्रेष्ठले बताए । ‘सार्वजनिक सवारी आठ हजार र निजी सवारी साधन १० हजारमात्र थपिएका छन्,’ उनले भने । सवारी बिक्री कम हुँदा यसको असर राजस्वमा पनि परेको छ । आजको नागरिक दैनिकमा खबर छ ।

प्रकाशित : २२ जेष्ठ २०७६, बुधबार ०७:५०