सुन प्रतितोला ६२ हजार रुपैयाँ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुन प्रतितोला ६२ हजार रुपैयाँ



काठमाडौं ।  सुन प्रतितोला ६२ हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिन ६१ हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन आज ३ सय रुपैयाँ बढेर ६२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।

अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रश्तुत गरेपछि सुनको मूल्य निरन्तर उकालो लागेको नेपाल सुुनचाँदी ब्यवसायी महासंघको तथ्यांकले देखाएको छ।

बजेटपछि ६ दिनको अवधिमा सुन प्रतितोला २५ सय रुपैयाँले बृद्धि भएको छ। चाँदीको मूल्यमा भने सामान्य घटबढमात्र देखिएको छ। बजेट यता ६ दिनमा चाँदी तोलामा १५ रुपैयाँ बढेको छ।

चाँदी आज ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : २२ जेष्ठ २०७६, बुधबार १२:५५