वातावरण दिवसमा ग्लोबल आइएमई बैंकको विशेष छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

वातावरण दिवसमा ग्लोबल आइएमई बैंकको विशेष छुट



काठमाडौं । ग्लोबल आइएमई बैंकले विश्व वातावरण दिवसको अवसरमा विद्युतीय सवारी साधनको खरिदमा विशेष सहुलियत कर्जा उपलब्ध गराउने निर्णय गरेको छ ।

बैंकका का।मु। कार्यकारी प्रमुख महेश शर्मा ढकालका अनुसार बैकले विश्व वातावरण दिवसको अवसरमा वातावरण मैत्री विद्युतीय सवारी साधनको खरिदमा वार्षिक ९ दशमलब ६ प्रतिशत व्याज दरमा सहुलियत कर्जा उपलब्ध गराउने भएको हो ।

उनले विकास र वातावरणबीच सन्तुलन हुनसके मात्र हामीले हासिल गर्ने उन्नति दिगो र मानव उपयोगी हुने हुदाँ बैंकले यस किसिमको वातावरणमैत्री योजना ल्याएको बताए । बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवाको साथै समाज र वातावरण प्रति आफनो दायित्व निर्बाह गर्ने उद्देश्यले यस्ता विभिन्न योजनाहरु ल्याउने गरेको छ ।

प्रकाशित : २२ जेष्ठ २०७६, बुधबार १८:२६