आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा



काठमाडाै । जेठ २६ गते आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा हुने भएको छ । त्यस दिन भोटो देखाउने जात्र परेकोले काठमाडौँ उपत्यकामा सार्वजनिक विदा हुने भएको हो । त्यस दिन राष्ट्रका राष्ट्रप्रमुखको उपस्तिथिमा भोटो देखाइने छ ।

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ आज जावलाखेल पुर्याईएको छ । रथ जावाखेल पुगेको ४ दिनमा भोटो देखाउने जात्र मनाउने गरिन्छ । कीर्तिपुर, सतुङ्गल, मच्छेगाउँ, पुल्चोक, बलम्बु, थानकोट र पाँगा सात गाउँका मानिस आएर ठटिटोलदेखि इटिटोलको बाटो हँुदै मान भवन, कुमारीपाटी गरी जावलाखेल पु¥याएका हुन् ।

प्रकाशित : २४ जेष्ठ २०७६, शुक्रबार ०९:०९