सनराइज बैंककाे शाखा मुलपानीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सनराइज बैंककाे शाखा मुलपानीमा



काठमाडौं । सनराइज बैंकले काठमाडौंस्थित मुलपानीमा बैंकले शाखा संचालनमा ल्याएको छ । उक्त शाखा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा र सन्राइज बैंकका संचालक समितिका सदस्य बच्छराज तातेडले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । सो कार्यक्रममा सन्राइज बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारी लगायत बैंकका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

यो समेत गरी बैंकको शाखा संख्या १०७ वटा पुगेको छ । साथै बैंकले नेपाल अधिराज्य भर ३३ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर र १२२ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानहरुमा पनि थप शाखाहरु संचालन गर्ने योजना रहेको छ ।

प्रकाशित : २४ जेष्ठ २०७६, शुक्रबार १३:००