संसदीय समितिको बैठकमा अनुपस्थित भएर कता भागे पण्डित ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

संसदीय समितिको बैठकमा अनुपस्थित भएर कता भागे पण्डित ?



काठमाडौं । संसदीय समितिको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित अनुपस्थित भएका छन् । उनि बैठकमा सहभागि नहुदा प्रतिनिधिसभाका सांसदहरुलेको चर्को आलोचना गरेका छन् ।

स्थानीय तहको कर्मचारी भर्नाका लागि लोक सेवा आयोगले खुलाएको विज्ञापनका विषयमा छलफल गर्न शुक्रबार बोलाइएको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पण्डित नअाए पछि उनकाे विराेध भएकाे छ ।

बैठमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता एवम् सांसद दिलेन्द्रप्रसाद बडुले स्थानीय तहमा कर्मचारी नियुक्ति गर्ने विषयलाइ लिएर मन्त्री पण्डित जिम्मेवार नभएको अाराेप लगाए ।

सांसद बडुले संविधान विपरीत हुने गरी खुलाइएको विज्ञापन तत्काल खारेज गर्न उनले सरकार संग अाग्रह गरे । स्थानीय तहमा तत्कालका लागि अस्थायी वा करारमा कर्मचारी नियुक्त गर्ने व्यवस्था गर्न उन सुझाव छ ।

सत्तारुढ नेकपाका सांसद जनार्दन शर्माले पनि संविधानमाथि प्रहार हुने गरी खुलाइएको सो विज्ञापन तत्काल खारेज गर्न माग गरे । शर्माले संविधानमाथि प्रहार हुने गतिविधि गतिविधि रोक्न समितिले सरकारलाई निर्देशन दिन अाग्रह गरे ।

राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले पनि संविधान, संघीयता र जनताको अधिकारविरुद्ध हुने गरी हालै लोकसेवा आयोगले स्थानीय तहमा खुलाएको विज्ञापन खारेज गर्न समितिले निर्देशन दिनुपर्ने बताए ।

बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले भने स्थानीय तहको मागअनुसार नै लोक सेवा आयोगमार्फत् विज्ञापन खुलाइएको जानकारी दिए । उनले ६८ हजार ९ सय ८ जना दरबन्दी रहेको स्थानीय तहमा ५० प्रतिशतभन्दा बढी कर्मचारी अभाव भएकाले पनि सरकारले त्यसको व्यवस्था गर्न सो विज्ञान खुलाउन बाध्य भएको पनि बताए ।

प्रकाशित : २४ जेष्ठ २०७६, शुक्रबार १३:१४