राजधानीका तीन स्थानमा एकैपटक मनसुन मोबाइल मेगा अफर, ६५० रुपैंयामा मोबाइल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रविधी

राजधानीका तीन स्थानमा एकैपटक मनसुन मोबाइल मेगा अफर, ६५० रुपैंयामा मोबाइल



काठामाडौं । चाबहिल चुच्चेपाटी स्थित के एल मोबाइल हबमा ‘मोबाइल अफर’को आयोजना हुने भएको छ । यही जेठ २७ गते सोेमबारदेखि २ हप्तासम्म मनसुन मोबाइल मेगा अफर चल्ने भएको हो ।

मोबाईल मेला अवधिमा एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा पाइने छ । बिग सेल अन्तरगत ६५० रुपैयाँमा मोबाइल पाइनेछ ।

मोबाइल मेलामा जुनसुकै ब्राण्डका मोबाइल शुन्य प्रतिशत ब्याजदरमा शुन्य प्रतिशत डाउन पेमेन्ट तथा ७० प्रतिशतसम्मको छुटमा किन्न सकिन्छ । मेलामा पुरानो मोबाइलसँग नयाँ मोबाईल साट्ने साट्न सकिने मोबाइल हबले जनाएको छ ।

मोबाइलको ब्राण्ड र मूल्य अनुसार ६ महिना, १ वर्ष र १८ महिना अवधिको किस्ताबन्दीमा मोबाईल खरिद गर्न सकिनेछ ।
मेला अवधिमा मोबाइल खरिद गर्नेले एफक्युबसिनेमाको टिकट निशुल्क पाउने छन् । विभिन्न मोडलका मोइबालको खरिदमा आर्कषक उपहारको समेत व्यवथा गरिएको छ ।

मोबाइल मेला अवलोकन गर्नेहरुलाई समेत आकर्षक गिफ्ट ह्याम्परका साथै गोलाप्रथाबाट प्रत्येक दिन एउटा मोबाइल वितरण गरिने मोबाइलहबले जनाएको छ ।

केएल मोबाइलहब चाबहिलका साथै दरबारमार्गको मर्कन्टाइल प्लाजाको पहिलो तलामा रहेको एप्पलवल्र्ड मोबाइल, सिटिसि मल सुन्धाराको भुई तलामा रहेको सिटिसी मोबाइलहबमा पनि उल्लेखित अफर सहित मेला सञ्चालन हुने छन।

उक्त मेल यहि जेठ २७ गते सोमबारदेखि असार १५ गतेसम्म चल्नेछ ।

प्रकाशित : २४ जेष्ठ २०७६, शुक्रबार १४:३२