मापदण्ड विपरित बनाइएका घर भत्काइयो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मापदण्ड विपरित बनाइएका घर भत्काइयो



काठमाडौँ । बानेश्वर सहयोगीनगर बागमती नदी किनार क्षेत्रमा महानगरपालिकाले तोकेको मापदण्ड विपरित बनाइएका केही भौतिक संरचना आज भत्काइएको छ । सडक विभाग र काठमाडौँ महानगरपालिकाको अगुवाईमा त्यस क्षेत्रमा आजैमात्र २२ वटा भौतिक संरचना भत्काइएको हो ।

 

बागमती नदीको पश्चिम किनारा क्षेत्रमा रहेका दुई वटा कलेजसहित विहार र रेष्टुरेन्ट पनि भत्काइएको छ । भिएस् निकेतन, पेन्टागन कलेज, विश्व शान्ति विहारलगायत निजी भवन र पर्खाललाई डोजरले गल्र्याम्म पारेको थियो ।

 

सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा भत्काउने कार्यलाई तीव्र पारेको देखेपछि भत्काउन बाँकी घरका घरधनीले हाम्रो घर आफै भत्काउछौँ, केही समय दिनुस् भनी कबुल गरेपछि बाँकी भौतिक संरचना हटाउने काम रोकिएको थियो ।

 

मापदण्ड विपरित बनाइएका ती संरचना भत्काउन डोजर अघि बढिरहँदा केही स्थानीय व्यक्तिले प्रतिवाद गर्न खोजेपनि त्यो विरोधलाई कसैले समर्थन गरेको देखिदैनथ्यो ।

 

सरकारले सडक, नदी र सार्वजनिक जग्गा मिचेर नियमविरीत बनाएको संरचनालाई भत्काउने कार्यलाई केही सयमदेखि निरन्तरता दिँदै आएको छ ।

– See more at: http://asiankhabar.com/?p=4075#sthash.DdGdiUIX.dpuf

प्रकाशित : ८ फाल्गुन २०७२, शनिबार १५:३३