युवा विदेश जानुपर्ने बाध्यता हटाईन्छः प्र.म ओली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

युवा विदेश जानुपर्ने बाध्यता हटाईन्छः प्र.म ओली



काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले रोजगारीका लागि युवा विदेश जानुपर्ने बाध्यता हटाउने बताएका छन्। शुक्रबार भक्तपुरमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको शुभराम्भ गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

‘देशमा अहिले युवाको जनसंख्याको बाहुल्यता छ। जनशक्तिको परिचालन गरेर हामीले देश विकासको फड्को मार्नु पर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘अब चाँडै युवालाई रोजगारीका लागि विदेश जानु पर्ने बाध्यता हटाउँछौं।

 

’देश विकासका लागि अहिले उपयुक्त समय आएको भन्दै ओलीले रोजगारीका लागि नयाँ नयाँ अवसरको खोजी गर्ने र वैदेशिक रोजगारीको विकल्प खोज्ने उल्लेख गरे।

प्रकाशित : २४ जेष्ठ २०७६, शुक्रबार १५:३९