सिद्धार्थ इन्स्योरेन्सकाे साधारणसभा असार १३ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिद्धार्थ इन्स्योरेन्सकाे साधारणसभा असार १३ गते



काठमाडाै । सिद्धार्थ इन्स्योरेन्सले असार १३ गते साधारणसभा आव्हान गरेको छ । इन्स्योरेन्सले प्रस्ताव गरेको १५ दशमलव ४८ प्रतिशत बोनस शेयर पारित गर्नका लागि असार १३ गते साधारण सभा बोलाएको हो ।

इन्स्योरेन्सको जेठ २१ गते बसेको सञ्चालक समितिको १ सय ४७ औं बैठकले असार १३ गते बिहान ११ बजे रसियन कल्चर सेन्टर, कमलपोखरी काठमाडौंमा साधारण सभा बोलाएको हो।

सभाले हाल कायम चुक्ता पूँजी ८६ करोड ५९ लाख रुपैयाँको १५ दशमलव ४८ प्रतिशत अर्थात १३ करोड ४० लाख रुपैयाँ बराबरको बोनस वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, २०७४ ७५ को वर्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डा रहेका छन् । लेखापरीक्षकको नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुनेछ । सभाले संस्थापक सेयरधनी समूहबाट ३ जना सञ्चालकको निर्वाचन गर्नेछ ।

बोनस शेयरमा लाग्ने लाभांश कर भने शेयरधनीले ब्योहोर्नुपर्ने इन्स्योरेन्सले जनाएको छ । साधारण सभाका लागि जेठ ३० देखि असार १३ गतेसम्म बुक क्लोज हुनेछ । जेठ २९ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित बोनस सेयर पाउनेछन् । बोनस शेयर वितरण पछि इन्स्यारेन्सको पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ ।

प्रकाशित : २४ जेष्ठ २०७६, शुक्रबार १६:३५