मुक्तिनाथ विकास बैंकको व्यवसायिक साक्षरता तालिम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

मुक्तिनाथ विकास बैंकको व्यवसायिक साक्षरता तालिम



काठमाडौं /  मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुलाई व्यवसाय सञ्चालन गर्न आवश्यक पर्ने आधारभुत तत्वहरुको बारेमा जानकारी गराउने उद्देश्यले “आजको आवश्यकता, ग्राहकहरुमा व्यवसायिक साक्षरता” भन्ने मुल आशयले एक दिने व्यवसायिक साक्षरता तालिम सम्पन्न गरेको छ ।

व्यवसायिक साक्षरता तालिममा व्यवसायको छनोट, व्यवसायिक योजना, बस्तु तथा सेवा, व्यवसाय दर्ता र सञ्चालनमा कानुनी पाटो, बजार व्यस्थापनका तरीकाहरु, बजार ब्यबस्थापनका रणनीतिहरु, बजार योजना, व्यवसायमा लेखा प्रणाली, मुल्य अभिबृद्धि कर, उद्यमशिलता लगायतको विषयबस्तुहरु समावेश गरिएको थियो ।

उक्त तालिममा बैंकसंग आवद्ध ४२ जना व्यवसायीहरुको सहभागीता रहेको थियो ।

प्रकाशित : २४ जेष्ठ २०७६, शुक्रबार १६:५३