दैनिक उपभोग्य बस्तुको मूल्य आफूखुशी तोकिता सरकार रमिते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

दैनिक उपभोग्य बस्तुको मूल्य आफूखुशी तोकिता सरकार रमिते



काठमाडाैै । बजेट पूर्व कायम भएको दैनिक उपभोग्य बस्तुको मूल्य व्यापारीको मिलेमतोमा हालसम्म फिर्ता गरिएको छैन । व्यापारीहरुले विभिन्न बाहानामा अत्याबश्यक दैनिक उपभोग्य बस्तुको मूल्य आफूखुशी तोकेका थिए ।

दैनिक उपभोग्य बस्तुको उपभोक्ता मूल्यमा सय रुपैयाँसम्म वृद्धि गरिएको थियो । बजेट वक्तव्य आउनुभन्दा तीन दिनअघि दैनिक उपभोग्य बस्तुमा न्यूनतम १० रुपैयाँदेखि अधिकतम एक सय रुपैयाँसम्म मूल्य वृद्धि भएको थियो । मूल्य वृद्धिले सबैलाई अतिरिक्त आर्थिक भार थपेको थियो ।

व्यापारीले एकलौटी रुपमा गरेको मूल्य वृद्धिलाई अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सही छाप लगाइदिएकाले मूल्य वृद्धि कायमै रहेको समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ।

प्रकाशित : २५ जेष्ठ २०७६, शनिबार ०९:१५