विनय रिजालले छाडे सहयोगी विकास बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

विनय रिजालले छाडे सहयोगी विकास बैंक



काठमाडौ । सहयोगी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय रिजालले बैंक छाडेका छन् । ४ बर्षका लागि सीईओ नियुक्त रिजालले १८ महिनामै बैंक छाडेका हुन् । आफूले २०७६ जेठ २६ गतेदेखि सहयोगी छाडेको रिजालले जानकारी दिए । उनले पदबाट दिएको राजिनामा बैंक सञ्चालक समितिको २७३औ बैठकले स्वीकृत गरिसकेको छ ।

 

बैंकले एक कार्यक्रमको आयोजना गरी विदाई गरेको छ । रिजालको कार्यकालमा बैंकमा पु¥याएको योगदानको प्रशंसा गर्दै सहयोगी विकास बैंक परिवारले उनलाई स–धन्यवाद सहित विदाई गरेको हो । सीईओमा नियुक्त भएपछि बैंकको प्रतिष्ठा र गरिमालाई उचाईमा पु¥याउन आफूले उल्लेख्य योगदान पु¥याएको रिजालले जानकारी दिए ।

 

‘म बैंकमा आउनु अघि बजारमा बैंकको शाख गिरेको थियो ।’ सीईओ रिजालले भने– ‘आफ्नो भविष्य अन्यौलसँगै कर्मचारीले बैंक छाड्ने क्रम थियो ।’ त्यस्तै कर्मचारीमा गिरेको मनोवलसँगै बैंकबाट निक्षेप बाहिरिन थालेको थियो । त्यसका अतिरिक्त वित्तीय क्षेत्रमा देखिएका उतारचढाबको चुनौतिपूर्ण अवस्थामा आफूले बैंकको व्यवस्थापकीय नेतृत्व सम्हालेको उनले बताए ।त्यस्तो अवस्थामा समेत बैंकलाई सफल व्यवस्थापन गर्न सक्षम भएको उनले दाबी गरे ।

 

आफू बैंकमा आउँदा जुन उत्साह, योजना र रणनीति बोकेर आएको थिए त्यो बैंककै आन्तरिक कारणले लागू गर्न नसकेको दुखेसो पनि उनले पोखे । ‘बैंकिङ क्षेत्रको आफ्नो २२ बर्षे अनुभवलाई व्यवहारिकरूपमा लागू गर्दै सहयोगी बैंकलाई राष्ट्रियस्तरको प्रतिष्ठित बैंक बनाउन चाहान्थे ।’ उनले भने– ‘तर आफू नीति, विधि र प्रविधिले चल्ने भएकाले बैंकमा त्यो वातावरण बन्न सकेन् ।’ नीति बाहिर रहेर दबाबमा काम गर्ने आफ्नो स्वभाव नभएको भन्दै उनले आफू बैंकमा रहुञ्जेल बैंक र लगानीकर्ताको हितमै केन्द्रित रहेर काम गरेको बताए ।

विभिन्न चुनौतिको बाबजुद पनि बैंकमा आफू आएपछि २०७४ को तेस्रो त्रैमासिकमा बैंकको वासलातलाई पनि वलियो बनाउनु पर्ने दायित्व पनि आफू माथि नै आएको उनले बताए । ती चुनौतीहरुलाई क्रमशः निराकरण गर्दै, बैंकको २०७४÷७५ को वासलातमा खुद नाफा १० करोड ८८ लाख कमाउन सफल बनाएको र १७ प्रतिशत लाभांश वाड्न पनि सफल भएको अनुभव उनले सुनाए ।

यसको अतिरिक्त सो समयमा बैंकका विभिन्न परिसुचांक जस्तै स्प्रेड रेट ६.५ प्रतिशत कष्ट अफ फण्डमा ७.१७ प्रतिशत, बेस रेट १२ प्रतिशत र ननपरफरमिङ्ग लोन ०.३१ प्रतिशतमा कायम गर्न सफल भए। अर्निङ्ग पर सेयरमा विकास बैंकहरूमा सबैभन्दा बढी रहेको यो बैंक अहिले २० प्रतिशत लाभांश दिन सक्षम भएको छ । बैंकमा हाल ४ अर्व द्धछ करोड ३५ लाख रुपैयाँ निक्षेप रहेको छ भने ४ अर्व १ करोड ८५ लाख कर्जा प्रदान गर्न सफल भएको छ । जस्तै स्प्रेड रेट ५. ४ ४ भएको छ ।

आफ्नै कार्यकालमा बैंकका ८ शाखालाई १४ मा पु¥याएको, शाखा र सेवा विस्तारसँगै ग्राहकको संख्या ८५ हजार पु¥याउन सफल भएको, प्रिभिलेज बैंकिङ्ग, एसएमएस बैंकिङ्ग, मोवाइल बैंकिङ्ग तथा एटिएम ख्क्ष्क्ब् सहितको आधुनिक बैंकिङ सुविधाको सुरूवात गरेको, बैंकको निक्षेप बढाएको, खराब कर्जा ह्वात्तै घटाएको, बैंकको भवन निर्माण कार्य सुरू भएको सीईओ रिजालले जानकारी दिए । समग्रमा आफ्नो कार्यकालमा बैंकले सबै पक्षको विकास, विस्तार र विश्वास बढाउन सफल भएको उनले बताए ।

बैंकबाट बाहिरिदै गर्दा सीईओ रिजालले आफ्नो कार्यकालमा पु¥याएको सहयोगप्रति नियमनकारी निकाय नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, बैंक सञ्चालक समिति, सेयरधनी, ग्राहक तथा शुभचिन्तकहरूप्रति विशेष धन्यवाद दिंदै सबैप्रति हार्दिक कृतज्ञता पनि व्यक्त गरेका छन् ।

प्रकाशित : २७ जेष्ठ २०७६, सोमबार ०६:५४