सिभिल बैंकको नयाँ शाखा धनुषामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिभिल बैंकको नयाँ शाखा धनुषामा



काठमाडौं । सिभिल बैंकले धनुषामा आफ्नो नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले आईतबार एक कार्यक्रमको आयोजना गर्दै धनुषा जिल्लाको ढल्केबरमा शाखा संचालनमा ल्याएको हो ।

उक्त शाखाको उद्घाटन मिथिला नगरपालिकाका मेयर हरि नारायण महतोले गरेका हुन । उक्त शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा मिथिला नगरपालिकाका मेयर हरि नारायण महतो, सिभिल बैंक प्रदेश नं २ का प्रदेश प्रमुख दिपक कुमार श्रेष्ठ लगायत सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, तथा सर्वसाधरणको बाक्लो उपस्थिति रहेको बैंकले जानकारी दिएको छ । बैंकले उक्त शाखा कार्यालय संचालनमा ल्याएसँगै बैंकका शाखा संख्या ७६ पुगेको छ ।

 

प्रकाशित : २७ जेष्ठ २०७६, सोमबार ०७:३३