नेपाल भारत रेल सेवा सम्झौता ५ बर्षका लागि नविकरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

नेपाल भारत रेल सेवा सम्झौता ५ बर्षका लागि नविकरण



काठमाडौं ।नेपाल र भारतबीच रेल सेवा सम्झौता अन्तर्गत तेस्रो विस्तृत पुनरावलोकन बैठक हालै  सम्पन्न भएको छ । बैठकमा रेल मार्फत द्विपक्षीय र तेस्रो मुलुकबाट हुने पारवहन ढुवानी सहजीकरण गर्ने सम्बन्धमा सहमति भएको छ ।

भारतको नयाँदिल्लीमा भएको उक्त बैठकमा नेपालको तर्फबाट उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयका सहसचिव नवराज ढकाल र भारतको तर्फबाट रेल मन्त्रालयका कार्यकारी निर्देशक एवं ट्राफिक ट्रान्सपोर्टेशन मनोजकुमार श्रीवास्तवको नेतृत्वमा भएको छलफलले उक्त सम्झौता नविकरण गरेको थियो । बैठकमा नेपाली रेललाई कार्गाे ढुवानीका लागि कोलकत्ता–हल्दिया देखि विराटनगर र विरगंजसम्म दुईतर्फी संचालन गर्नका लागि भारतले सैद्धान्तिक सहमति जनाएको छ । यस्तै भारतीय रेलबाट लाइसेन्स प्राप्त अन्य आधिकारिक कार्गो रेल सञ्चालकहरुलाई समेत नेपाली कार्गो ढुवानी गर्न अनुमति दिन नेपालले गरेको प्रस्तावलाई अनुमति दिने सम्बन्धमा सरोकारवाला पक्षहरुसँग छलफल गर्ने भारतीय पक्षले जनाएको उल्लेख छ ।

मन्त्रालयका अनुसार तेस्रो मुलुकबाट पारवहन ढुवानीका लागि भारतको धाम्रा र मुन्द्रा पोर्ट नेपाल भारत पारवहन सन्धिमा थप भएसँगै रेल सेवा सम्झौतामा समेत ती पोर्टहरु गर्ने सहमति भएको छ ।

नेपालको वीरगञ्ज सुख्खा बन्दरगाहासम्म विद्युतीय रेल्व लाइन विस्तार गर्न भारतीय पक्ष सहमति भएको उल्लेख छ । यता तेस्रो मुलुक आयात निर्यातका लागि नेपाल र भारतको सुख्खा बन्दरगाहबीच रेल मार्फत ढुवानी गर्न नेपाली पक्षले गरेको प्रस्तावमा नेपाल भारत पारवहन सन्धिमा आवश्यक संशोधन भएमा रेल सेवा सम्झौतामा यस्तो प्रावधान राख्न भारतीय पक्ष सहमत भएको छ ।

प्रकाशित : २८ जेष्ठ २०७६, मंगलवार ०८:३०