अर्थमन्त्री भन्छन – बैंकको निक्षेप डुब्यो भन्नु पर्ने अवस्थाको अन्त्य भयो ,विदेशी बैंकले पनि पत्याउन थाले « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

अर्थमन्त्री भन्छन – बैंकको निक्षेप डुब्यो भन्नु पर्ने अवस्थाको अन्त्य भयो ,विदेशी बैंकले पनि पत्याउन थाले



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले निक्षेपको सुरक्षण गर्ने अवधारणा आएसँगै बैंकमा जम्मा गरेर राखेको रकम डुब्दैन भन्नेमा निक्षेपकर्ता ढुक्क भएको बताएका छन् । आज निक्षेप तथा कर्जा संरक्षण कोषको भवन शिलान्यास गर्दै अर्थमन्त्रीले सो कुरा बताएका हुन् ।

उनले भने, ‘निक्षेपको सुरक्षणका कारण बैंक तथा वित्तीय संस्थाहरु डुब्न लागेको सुन्दा पनि निक्षेपकर्ता बैंकमा निक्षेप फिर्ता माग्न गएका छैनन् ।’उनले प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा प्रवाह गर्दा हुने जोखिमलाई व्यवस्थापन गर्न कर्जालाई सुरक्षण दिने अभिप्रायले निक्षेप सुरक्षण कोष स्थापना भएको बताए ।

अर्थमन्त्री खतिवडाले नेपाली बैंक राम्रो भएकाले विदेशी बैंकले पनि पत्याउन थालेको र ऋण दिन थालेको बताउँदै देशको क्रेडिट रेटिङपछि अझ धेरै विश्वास हुने बताए ।

उनले भने–‘कुनै पनि बैंकमा निक्षेप तथा कर्जा सुरक्षण कोष स्थापना भएपछि बैंकको निक्षेप डुब्यो भन्नु पर्ने अवस्थाको अन्त्य भएको छ । ’ बैंकको क्षमता बढाउने, बैंकको कारोबार कढाउने, बैंकको व्यवस्थापनमा सुधार गर्ने पारदर्शिता ल्याउने, निश्क्रिय रूपले अनुपात घटाउने, केही परिसुचकरू पालना गराउने जस्ता कार्यले गर्दा दक्षिण एसियामा सबै भन्दा सुदृढ बैंकिक प्रणाली नेपालमा रहेको उनको दाबी छ । हाल कोषको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ रहेको छ। कोषलाई बलियो बनाउन अझै दुई अर्ब रुपैयाँ पुँजी उपलब्ध गराउने खतिवडाले बताए।

प्रकाशित : २८ जेष्ठ २०७६, मंगलवार १२:४४