लोक सेवाको फारम भरेका विद्यार्थीे सडक आन्दोलनमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

रोजगारी

लोक सेवाको फारम भरेका विद्यार्थीे सडक आन्दोलनमा



काठमाडाै । लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्नाका लागि आह्वान गरेको विज्ञापन रद्द गर्न संसदीय समितिले निर्देशन दिए पछि फाराम भरेका हजारौं विद्यार्थीे सडकमा उत्रिएका छन् । लोकसेवाको विज्ञापन खारेज गरेर करारमा कार्यकर्ता भर्ती केन्द्र बनाउन पाइदैन भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

स्थानीय तहमा कर्मचारी भर्नाका लागि लोकसेवा आयोगले ९ हजार एक सय ६१ पदमा विज्ञापन मागेको थियो। विज्ञापन रद्द गर्न संसदीय समितिले निर्देशन दिएपछि फाराम भरेका हजारौं विद्यार्थीे आन्दोलित भएका छन्।

उनीहरुले मंगलबार संवैधानिक निकायमाथिको हस्तक्षेप बन्द गर, हजारौं युवाको भविष्य अन्योलमा पार्न पाइदैन भन्दै माइतिघर मण्डलामा प्रदर्शन गरेका छन् ।

आफूहरूको भविष्य अन्योलमा पार्ने निर्णय भएको भन्दै उनीहरूले मंगलबार राजधानीको माइतीघरमा प्रदर्शनसमेत गरे। सरकारी सेवामा यति धेरै जागिर खुलेपछि राजधानीलगायत मुलुकका विभिन्न सहरमा लाखौं विद्यार्थी यसको तयारीमा थिए। तर राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन रोक्न निर्देशन दिएपछि लोकसेवा आयोग अन्योलमा परेको छ। पदपूर्तिका लागि ७० हजार बढीले आवेदन दिएका छन्। समितिले रोक लगाएपछि आयोग समस्यामा परेको छ ।

प्रकाशित : २८ जेष्ठ २०७६, मंगलवार १३:२१