जिआइसि र सिद्धार्थ बैंकबीच बीमा सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

जिआइसि र सिद्धार्थ बैंकबीच बीमा सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता



काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड (जिआइसि) र सिद्धार्थ बैंकबीच बीमा सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ ।

इन्स्योरेन्स तथा बैङ्कबीच जेठ २८ गते मंंगलबारका दिन आयोजित एक कार्यक्रमबीच सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । बैङ्कका सहायक महाप्रबन्धक अर्जुन भद्र खनाल र इन्स्योरेन्सका महाप्रबन्धक एस्।के।तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमतिसंगै बैङ्कका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि।ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्ने कम्पनीले जनाएका छन ।

प्रकाशित : २९ जेष्ठ २०७६, बुधबार १३:१२