नेप्सेमा युनियन हाइड्रोको कारोबार खुला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

नेप्सेमा युनियन हाइड्रोको कारोबार खुला



काठमाडौं । नेपाल स्टक एक्चेन्ज नेप्सेमा युनियन हाइड्रोको कारोबार खुला भएको छ। कम्पनीको UNHPL संकेत नम्बरबाट कारोबार खुला भएको हो ।

 

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ७९.८२ देखि २३९.४७ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेट वर्थको ३ गुणासम्मको सुरुवाती रेन्ज तोक्ने गरेको छ।

मंगलबार कम्पनीको ७५ लाख कित्ता शेयर सुचिकृत भएको थियो । कम्पनीले चैत्र १३ गते देखि सर्वसाधारणको लागि ३५ लाख ३४ हजार ३ सय ४० कित्ता शेयर निष्काशन गरेको थियो ।

प्रकाशित : २९ जेष्ठ २०७६, बुधबार १३:१९