सलाम एयरद्धारा रक्तदान कार्यक्रम आयोजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

सलाम एयरद्धारा रक्तदान कार्यक्रम आयोजना



काठमाडौ ।  सामाजिक उत्तरदायित्वको भावनालाई मध्यनजर गर्दै आइएमई ट्राभल्स जि.एस.ए भई विगत सेप्टेम्बर देखि संचालनमा रहेको सलाम एयरको आयोजनामा हालैलाजिम्पाटस्थित कार्यालय प्रङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न भयो ।

आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालको विशेष उपस्थितीमा सम्पन्न कार्यक्रममा कूल पचहत्तर (७५) जनाले रक्तदान गर्नुभएको थियो।दुर्लभ रक्त समुह भएका भोला सापकोटा पर्यटन व्यवसायि तथा उक्त व्यवसायसँगसम्बद्ध कर्मचारी लगायत सलाम एयर तथा आइएमई ट्राभल्सका कर्मचारीहरुले रक्तदानगर्नुभएको थियो ।रक्तदान जस्तो पबित्र सामाजिक कार्यमा सरिक हुनुहुने सवैलाई अध्यक्ष ढकालले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

सलामएयरलायन्सले आफ्नो सामाजिक उत्तरदायित्वको भावनालाई मध्येनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको आइएमई ट्राभल्स तथा सलाम एयर काठमाडौँका प्रमुख कार्यकारी अधिकृत विनोद सापकोटाले जनाए ।
आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई ट्र«ाभल सलाम एयरको नेपाल जीएसए हो ।

मध्यपूर्वी एसियाका विभिन्न देशहरुमा कार्यरत तथा उक्त देशहरुमा घुम्न चाहाने नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई लक्षित गरि सलाम एयरलेआइएमई ट्र«ाभलको सहकार्यमा हवाई सेवा संचालनमा ल्याएको हो ।

प्रकाशित : २९ जेष्ठ २०७६, बुधबार १३:३२