प्रभु बैंकको नयाँ शाखा कैलालीको अत्तरियामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रभु बैंकको नयाँ शाखा कैलालीको अत्तरियामा



काठमाडौं । प्रभु बैंकले आफ्नो नयाँ शाखा कार्यालय संचालमा ल्याएको छ । बैंकले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै कैलाली जिल्ला गोदावरी नगरपालिका वडा नं.१ स्थित अत्तरियामा उक्त नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो ।

 

उक्त शाखाको गोदावरी नगरपालिकाका नगर प्रमुख हरि सिंह साउदले उद्घाटन गरेका हुन ।

बिहीबारदेखि सञ्चालनमा आएको उक्त शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकको धारणा छ ।

प्रकाशित : ३० जेष्ठ २०७६, बिहीबार १५:१७