सगरमाथा इन्स्योरेन्स र कामना सेवाको मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

सगरमाथा इन्स्योरेन्स र कामना सेवाको मूल्य समायोजन



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सगरमाथा इन्स्योरेन्स कम्पनी र कामना सेवा विकास बैंकको शेयरमूल्य समायोजन भएको छ । यी दुवै कम्पनीको प्रस्तावित बोनस शेयरपश्चातका लागि नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।
समायोजित मूल्य अनुसार सगरमाथा इन्स्योरेन्सको ८६ प्रतिशत बोनसपश्चात प्रतिकित्ता ६८१ रुपैयाँ ७२ पैसा शेयरमूल्य कायम भएको छ ।
यस कम्पनीको १८० दिनको शेयरमूल्यको आधारमा तय हुने औसत आधारमूल्य भने १ हजार १५ रुपैयाँ ८६ पैसा निर्धारण भएको छ । यस्तै कामना सेवा विकास बैंकको १.५० प्रतिशत बोनस शेयर पश्चात प्रतिशेयर १६२ रुपैयाँ ५६ पैसा शेयरमूल्य कायम गरिएको छ भने औसत आधारमूल्य १६९ रुपैयाँ २८ पैसा कायम गरेको छ ।

प्रकाशित : १ असार २०७६, आईतवार १३:२७