शेयर बजारका यी महत्वपुर्ण टिप्सहरुलाइ याद गरौं « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

टिप्स

शेयर बजारका यी महत्वपुर्ण टिप्सहरुलाइ याद गरौं



कम्पनीको आधारभुत पक्ष

शेयर बजारलाई जुनै पनि देशको दोस्रो स्वतन्त्र बजार भनेर बुझिन्छ । शेयर बजार देशको अर्थतन्त्रको ऐना हो र यसले राष्ट्रको समग्र आर्थिक अवस्थालाई झल्काउँछ । शेयर बजारमा आफ्नो लगानी सुरक्षित बनाउने हो भने आफुले लगानी गरेको कम्पनीको आर्थिक अवस्था कस्तो छ भनेर बुझ्नु सबैभन्दा अपरिहार्य पक्ष हो । कम्पनीको आधारभूत पक्षहरुको आधारमा कम्पनी भविष्यमा कतिको मजबुत हुनेछ र बर्तमानमा बजारमा यसको पकड कतिको रहेको छ भन्ने कुरा दर्शाउँछ । त्यसैले पुजी, जगेडा कोष, ब्याज आम्दानी, सम्पति, खुद मुनाफा, मूल्य आम्दानी अनुपात, प्रतिशेयर आम्दानी, नेट वोर्थ पर शेयर, प्राइस टु बुक भ्याल्यु अन्य थुप्रै आधारभूत विश्लेषक औजारहरुलाई मध्यनजर राख्दै कम्पनीको सटिक विश्लेषण जार्नुपर्छ । वितिय अवस्था नराम्रो भएको कम्पनीले पनि हकप्रद शेयर निस्कासन गर्दा मुल्य वृद्धि भएको उदहारण धरै रहेको छ । यस्ता कम्पनी मूल्य वृद्धि दिर्घकालिन भएको अहिलेसम्म देखिएको छैन । राम्रा कम्पनीमा मूल्य पनि महगो हुने तर सुरक्षित् हुन्छ भने कुरा मनन गर्न जरुरि छ ।

प्राबिधीक विश्लेषण

नेपाली पुंजीबजारमा प्राविधिक विलेषण शब्द सुनिने थालेको धेरै भएको छैन । परम्परागत भित्रि सूचनाको आधारमा कारोवार गर्ने लगानीकर्ताले प्राविधिक विस्लेषणलाई धर्के, तोरी लाउरे (टिए) जोतिषीको उपनाम दिने गरेको छ । केहि लगानीकर्ताले नेपाली पुंजी बजारमा यस्तो खालको विश्लेषण काम गर्न नसक्ने ठोकुवा गर्दछ । हुन त केहि प्राविधिक विश्लेषकले आफु अनुकुल विलेषण विभिन्न सामाजिक संजालमा पोस्ट गर्ने गरेकोले पनि यस विश्लेषणप्रति शंकाको दृष्टिले हेर्ने गरिन्छ । यी सबका बाबजुत पनि केहि वर्ष अगाडीसम्म पनि ठुला लगानीकर्ता किने वा बेच्ने परामर्शको आधारमा गरिले लगानीलाई प्राबिधीक विश्लेषणले नयाँ आयाम थपिएको छ । प्राविधिक विलेषण मुलत मूल्य तथा भोलुमलाई आधारमा मानेर कारोवार गर्ने गर्दछ । यो विश्लेषण मुलत त तथांकशास्त्र (statistic) मा आधारित हुने गर्दछ ।

यसबाट गरिने विलेषण शत प्रतिशत सहि हुन्छ भन्ने हुदैन तर निश्चत मैनबत्ती आकार, प्याटर्न , स्केल, च्यानल, फिवो अनुपात आदिले लगानी निर्णय लिनलाई मद्दत गर्छ । कुनै प्राविधिक विश्लेषकको आधारमा लगानी गर्नु भन्दा पनि विश्लेषकको भनाई पछाडीको तथ्य बुझ्न’ पर्छ । अन्तरास्ट्रीय परिवेशमा प्राबिधीक विश्लेषणलाई अन्यसंग पनि तुलना गर्ने गरिन्छ । लगानीकर्ताको सेन्टिमेन्ट र टेक्निकल एनालाईसिसको मिश्रित विहेभियर फाईनान्स (Beheviour finance) , आकासिय नक्षत्रको आधारमा गरिने लगानी फाईनान्सियल अस्ट्रोलोजी (financial astrology) , कम्पुटर कोडिंग तथा टेक्निकल ऐनालाईसिस आधार मानेर रोबोटिक्स ट्रेडिंगको प्रयोग हुने गरेको छ । यसको साथै मानव मस्तिस्कले लगानी निर्णय गर्दा के कसरि काम गर्दछ भन्ने कुरालाई बुझ्न न्यूरो एनालिस समेत हुने गरेको छ ।

आधिकारिक तहमा प्रकाशित भएका सूचना हेर्ने

शेयर बजारमा प्राय लगानीकर्ताहरु थुप्रै हो–हल्ला र गलत सूचनाको प्रभावमा पर्दछन् । यस्तै गलत सूचना र हो–हल्लाले थुप्रै साना लगानीकर्ताहरु मारमा परेको हामीले देखिईरहेका हुन्छांै । त्यसकारण, बजारमा चल्ने यस्ता हल्ला र गलत सुचनाको पछि नलागी आधिकारिक तह र कम्पनीबाट प्रकाशित भएका सूचनाहरुलाई आधार मानेर आफ्नो लगानी सम्बन्धी निर्णय गर्नु ठिक हुन्छ ।

पोर्टफोलियो म्यानेजमेन्ट

शेयर मार्केट अन्तर्गत थुप्रै कम्पनीहरुको कारोबार भइरहेका हुन्छन् । आफुलाई चित्त बुझ्दो, भरपर्दो, राम्रो प्रतिफल प्रदान गर्ने, बजारमा राम्रो नाम र पकड भएको र सबै आधारभूत पक्षहरु मजबुत भएका कम्पनीहरुमामात्र लगानी गर्नु हामी उपयुक्त ठान्छौ । तर पोर्टफोलियो म्यानेजमेन्ट सिस्टम अनुसार हामीले बजारमा एउटा भन्दा धेरै र विभिन्न किसिमका गुणस्तरीय र उत्कृष्ट कम्पनीहरुमा लगानी गरेर आफ्नो पैसा फिजाएर राख्दा लगानी सुरक्षिर्त हुने, नोक्सानीको सम्भावना धेरै कम हुने र मुनाफाको सम्भावना पनि प्रबल हुने गर्दछ । कहिलेकाँही आफुले रोजेको कम्पनी उत्कृष्ट भएपनि अथवा आफुले गरेको विश्लेषण सतप्रतिशत सही भएपनि आफ्नो सबै पुँजी एउटै कम्पनीमा लगाउनु घातक हुनसक्छ । त्यसैले पैसालाई सबै खालका कम्पनीहरुमा सन्तुलन मिलाएर लगानी गरिएमा एउटा कम्पनीबाट केही गरि नोक्सान भईहालेमा अर्कोबाट हुने मुनाफाले समग्रमा आफ्नो लगानीलाई नोक्सानी हुनबाट बचाउँछ ।

शेयरको कारोबार संख्याबाट नै थाहा हुन्छ बजार चलखेल

कुनै पनि शेयरको निरन्तर मुल्य बढ्ने थुप्रै कारणहरु हुन्छन । प्राय कुनै कम्पनीले राम्रो प्रतिफल अर्थात बोनस शेयर र नगद लाभांस दिने सूचनाका कारण शेयरको मुल्य बढ्ने गर्दछ । तर बिनाकारण पनि कहिलेकाँही बजारमा थुप्रै कम्पनीहरुको शेयरको मुल्य बढ्ने/बढाईने गर्दछ । यस्तो अवस्थामा थुप्रै लगानीकर्ताहरु झुकिन्छन्। । त्यसैले गलत तरिकाले शेयरको मुल्यमा वृद्धि कसरी हुन्छ भन्ने यथावत बुझ्न त्यो कम्पनीको शेयरको संख्याको कारोबार शैलीलाइ हेर्नु पर्दछ ।

कुनै पनि कम्पनीको शेयर खरिद गर्दा अथवा बिक्रि गर्दा त्यसको मूल्यलाई एकपटकमा पछिल्लो पटक भएको कारोबार मुल्य भन्दा २ प्रतिशतले घटाएर अथवा बढाएर कारोबार गर्न सकिन्छ । सँगसँगै सानासाना शेयरका टुक्रा अर्थात १०, २०, ३० कित्ताहरु सजिलै बजारमा उच्च मुल्यमा बिक्रि हुन्छ । त्यसैले कुनैपनि कम्पनीको असल तरिकाले कारोबार भएको छ वा त्यस कम्पनीको कारोबारमा नक्कली खरिद चापको सिर्जना गरिएको हो भन्ने यथार्थ बुझ्न सकिन्छ । त्यसैले सानासाना कित्ता बिक्रि गर्दै बढाइएको शेयरको मुल्य अप्राकृतिक र चलखेल गर्दै बढाइएको हो भनेर बुझ्न सकिन्छ ।

यसबारेमा जान्न नेपाल स्टक एक्सचेन्जको फ्लोरसिटमा गई कुनैपनि कम्पनीको सम्बन्धीत दिनको बिस्तृत जानकारी लिन सकिन्छ ।

सञ्चार माध्यमबाट नियतवश वा हचुवाका भरमा प्रकाशित हुने समाचारबाट सजग रहने

नेपाली बजारमा अहिले सबैसबै संचारमाध्यमहरुले जानेर वा नजानीकनै पनि शेयर बजारसम्बन्धी समाचारहरु सम्प्रेषण गरिरहेको देखिन्छ । यस्ता समाचारहरुको पछि लागेर लगानी सम्बन्धी निर्णय लिने लगानीकर्ताहरुको संख्या अधिक रहेको छ ।

पछिल्लो समयमा सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत आफ्नो स्वार्थ जोडिएका कम्पनीहरुलाई उचाल्ने वा पछार्ने गरी समाचारहरु आईरहेको देखिएको छ । यतिमात्र होईन कुनै तुलनात्मक रुपमा राम्रो कम्पनीको शेयर किन्नका लागी कुनै ग्रुपले त्यस कम्पनीको भ्रामक समाचार बनाई बजार मुल्य घटाउने अनि निश्चित बिन्दुमा पुगेपछि फेरि त्यसका बारेमा भएनभएका राम्रा कुराहरु खोजेर मुल्य बढाउने अनि बिचमा मुनाफा लिने गरिएको पनि देखिन्छ । यस्तै गलत समाचार कुनै नराम्रो कम्पनीको शेयर उच्च मुल्यमा बिक्री गर्नका लागी हकप्रद, बोनस, पुँजी बृद्धि आदि जस्ता बिषयहरु उठाएर मुल्य बढाई त्यसबाट मुनाफा कमाउने धन्दा पनि अत्याधिक मात्रामा देखिईरहेको छ ।

यतिमात्र होईन नजानी–नजानी तथा हचुवाका भरमा समाचारहरु सम्प्रेषण हुने र लगानीकर्ताले त्यसलाई आधारमानि खरिदबिक्री निर्णय गर्ने हुँदा पनि लगानीकर्ताहरु नोक्सानीमा पर्ने गरेका छन । पछिल्लो समयमा खासगरी कतिपय अनलाईन पोर्टलहरुबाट यस्ता कामहरु बढि भईरहेको हुँदा संचारमाध्यमहरुबाट प्रकाशित समाचारहरुलाई पनि द्धन्दात्मक बिश्लेषण (Critical Analysis) गरेर मात्र लगानी निर्णय लिनु पर्दछ ।

प्रकाशित : २ असार २०७६, सोमबार ०७:५४