आइएमई पे र मुक्तिनाथ विकास बैंकबीच सम्झाैता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

आइएमई पे र मुक्तिनाथ विकास बैंकबीच सम्झाैता



काठमाडौं । आइएमई पे र मुक्तिनाथ विकास बैंक बीच बैंकिङ एक साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार मुक्तिनाथ विकास बैंक आइएमई पेको बैंकिङ साझेदार संस्था हुनेछ ।

 

काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा आइएमई पे का तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास नाहाटा र मुक्तिनाथ विकास बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्गले सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन । ‘आइएमई पे ’ आईएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो ।

 

आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको छ ।मुक्तिनाथ विकास बैंकका खातावाहक सेवाग्राहीहरूले आफ्नो खाताको पैसा आइएमई डिजिटलमा रकमान्तर गर्न र आइएमई पे मार्फत विभिन्न सेवाहरुको भुक्तानी गर्न सक्नेछन ।

प्रकाशित : २ असार २०७६, सोमबार २०:३८