प्रधानमन्त्रीलाई देउवाकाे प्रश्न शेरबहादुरले माग्दा दिनुपराे भनेर किन डराएकाे ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

प्रधानमन्त्रीलाई देउवाकाे प्रश्न शेरबहादुरले माग्दा दिनुपराे भनेर किन डराएकाे ?



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा बल मिच्याई नगर्न प्रधानमन्त्रीलाई चेतावनी दिएका छन् । मंगलबार प्रधानमन्त्रीले जबरजस्ती बोल्न खोज्दा आफूहरुले संसद अवरुद्ध गर्नु परेको उनले जिकिर गरे ।

बुधबार संसद बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सभापति देउवाले सदन प्रतिपक्षको पनि हो भन्ने नभुल्न आग्रह गरे । प्रतिपक्षले पहिले बोल्ने र सत्तापक्षले जवाफ दिने संसारभर प्रचलन रहेको भएपनि प्रधानमन्त्री जबरजस्ती बोल्न खोज्दा विरोध गर्नु परेको उनले स्पष्ट पारे ।

देउवाले बैठकमा भने, ‘मैले माग गर्ने हो । गुठी विधेयक मात्र होइन, मेरो अरु पनि माग छ । शेरबहादुरले माग्यो, मैले दिनु पर्‍यो भन्ने र डराई हाल्नुपर्ने किन ?’भन्दै देउवाले प्रति प्रश्र गरे ।

प्रकाशित : ४ असार २०७६, बुधबार १३:४५