नेप्से साढे ५ अंकले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेप्से साढे ५ अंकले बढ्यो



काठमाडौं । अाईतबार नेप्से परिसुचक ५ दशमलव ६४ अंकले बढेकोे छ । बजार खुलेको केही समय उच्च रुपमा बढेको नेप्से परिसुचक काराेबार बन्द हुँदा १ हजार २ सय ७८ दशमलव ९२ अंकमा अाईपुगेकाे हाे ।

अाज बीमा बहेक सवै समुह उकालो लागेकाे छ । बैंकिङ समुहको परिसुचक ८ अंकले बढेको छ । यसैगरी, उत्पादनमुलक समुह २९ अंकले बढेको छ भने होटेल समुह १० अंकले बढेको छ । अन्य समुहका परिसुचक भने १० अंकभन्दा कमले मात्र बढेका छन् ।

कुल १ सय १३ कम्पनीको ६३ करोड १२ लाख रुपैयाँ बरावरको १८ लाख ६५ हजार कित्ता सेयर कारोवार भएको छ ।

प्रकाशित : ९ फाल्गुन २०७२, आईतवार १०:३२