विद्युत प्राधिरकणले निजी अस्पताल र उद्योगमा पनि लाइन काट्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

विद्युत प्राधिरकणले निजी अस्पताल र उद्योगमा पनि लाइन काट्ने



काठमाडौं । नेपाल विद्युत प्राधिरकणले विभिन्न उद्योग तथा निजी अस्पतालहरुलाई दिँदै आएको डेडिकेटेड लाइन काट्ने भएको छ ।

निजी अस्पताल, नर्सिङ होम र औद्योगिक तथा ब्यापारिक प्रतिष्ठान लगायतमा लोडसेडिङ नहुने गरी दिइएको डेडिकेटेड फिडरको सुविधा काट्न लागिएको हो ।

प्राधिकरणका अनुसार आगामी फागुन ११ गते आर्थात मंगलबारदेखि निजी अस्पताल र उद्योगहरुमा दिइएको विशेष लाइन काटिनेछ र तालिकाअनुसारनै लोडसेडिङ गरिनेछ ।

dedicated-fidder

त्यस अवधिसम्म ति संस्थालाई आफुलाई आवश्यक पर्ने बिजुली आपूर्तिको व्यवस्था गर्न अनुरोध गर्न प्राधिकरणले सार्वजनिक सूचनामार्फत अनुरोध गरेको छ ।

नदीहरुमा जल प्रवाह घटेर विद्युत उत्पादन न्युन भएकाले डेडिकेटेड फिडरमार्फत हुने विद्युत आपूर्ति काट्न लागिएको प्राधिकरणले जनाएको छ ।

यस्तै ग्यासको आयात कम भएकाले विद्युत प्रणालीमा थप भार बढेकाले यो सुविधा कटौति गर्न लागिएको सूचनामा उल्लेख छ ।

प्राधिकरणले सरकारी अस्पताल तथा कार्यालय, सुरक्षा निकाय लगायत संवेदनशील क्षेत्रमा भने डेडिकेडेड फिडरको सुविधा कायमै राख्ने भएको छ ।

प्राधिकरणले दिँदै आएको यो सुविधा न्यायोचित र पारदर्शी नभएको भन्दै आलोचना हुने गरेको छ ।

सर्वसाधरण नागरिकले लामो अवधिको लोडसेडिङ खेपिरहँदा उद्योगहरुमा लाइन नै नकाटिने गरी सुविधा दिएको भन्दै बिरोध हुने गरेको छ ।

विद्युत महशुल निर्धारण आयोगले पनि यो सुविधा कटौति गर्न सिफारिस गरेको थियो । यो विषयमा संसदीय समितिमा समेत छलफल भइसकेको छ ।

प्रकाशित : ९ फाल्गुन २०७२, आईतवार १०:४०