कतार एयरवेज बन्याे पाँचौ पटक ‘विश्वको सर्वोत्कृष्ट एयरलाइन’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

कतार एयरवेज बन्याे पाँचौ पटक ‘विश्वको सर्वोत्कृष्ट एयरलाइन’



कतार एयरवेजले यस वर्षको स्काइट्रेक्स वल्र्ड एयरलाइन अवार्ड्समा चार प्रतिष्ठित पुरस्कार हात पार्न सफल भएको छ ।

जसमध्ये ‘विश्वको सर्वोत्कृष्ट एयरलाइन’ सर्वोच्च पुरस्कार रहेको थियो । योसँगै कम्पनी उक्त पुरस्कारद्वारा ५ पटक (२०११, २०१२, २०१५, २०१७ र २०१९) सम्मान हुने पहिलो एयरलाइन बन्न सफल भएको छ ।

साथै कतार एयरवेजले तेश्रो पटक ‘मध्य–पूर्वको सर्वोत्कृष्ट एयरलाइन’ र लगातार चौथो वर्ष ‘सर्वोत्कृष्ट बिज्नेस क्लास’ उपाधि हात पार्न सफल भएको छ ।

विश्वका चिर प्रतिद्वन्दीहरुलाई पछि पार्दै कम्पनीले पुनः आफ्नो बिज्नेस क्लास क्यूसुइटको लागि ‘सर्वोत्कृष्ट बिजनेस क्लास सिट’ द्वारा सम्मान भएको छ ।

स्काइट्रेक्स अवार्ड्स समारोहमा उपस्थित सम्माननीय यातायात तथा सञ्चार मन्त्री श्री जसिम सैफ अहमद अल सुलाइतीले भने, “कतार राज्यको लागि यो दिन अत्यन्तै महत्वपूर्ण दिन हो र कतार एयरवेज पाँचौ पटक ‘वर्षको सर्वोत्कृष्ट एयरलाइन’ उपाधिद्वारा सम्मानित भएको देख्ने अवसर पाएकोमा म निकै हर्षित छु । ”

प्रकाशित : ६ असार २०७६, शुक्रबार ११:३८