‘विप्लव’ नेतृत्वले १० गते नेपाल बन्द गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

‘विप्लव’ नेतृत्वले १० गते नेपाल बन्द गर्ने



काठमाडाै । प्रहरीले आफ्नो जिल्ला इन्चार्जको गोली हानी हत्या गरेको भन्दै प्रतिबन्धित नेकपा विप्लव समूहले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

 

सर्लाहीमा विहीवार लाबन्दी १ लखन्ती खोलामा हाम्रा पार्टीका सर्लाही जिल्ला इन्चार्ज कमरेड कुमार पौडेललाई सरकारले नियन्त्रणमा लिएर बर्बरतापूर्वक हत्या गरेको भन्दै संघर्षका कार्यक्रमको घोषणा गरेकाे हाे ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले शुक्रवार एक विज्ञप्ति जारी गर्दै ४ दिने आन्दोलनको कार्यक्रम घोषणा गरेका हो ।

असार ७ गते प्रचार प्रसार, ८ गते कोणसभा र घरदैलो, ९ गते मसाल जुलुस र १० गते नेपाल बन्दको कार्यक्रम राखिएको छ ।

प्रकाशित : ६ असार २०७६, शुक्रबार १५:४१