युनाइटेड इन्सुरेन्स कम्पनीलाइ २४० प्रतिशत हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

युनाइटेड इन्सुरेन्स कम्पनीलाइ २४० प्रतिशत हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति



काठमाडौं । युनाइटेड इन्सुरेन्स कम्पनीले २४० प्रतिशत हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले १ः२.४ अनुपातमा ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ ।

कम्पनीको हाल कायम रहेको चुक्ता पुँजी ३० करोड २४ लाख रुपैयाँको २४०प्रतिशत हकप्रद जारी गर्नेछ । उक्त हकप्रद सेयर बिक्रीपछि यसको चुक्ता पुँजी १ अर्ब २ करोड ८१ लाख ६० हजार रुपैयाँ पुग्नेछ ।

युनाइटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ७ करोड ५५ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ९७ पैसा र प्रतिसेयर नेटवर्थ २३९ रुपैयाँ ७७ पैसा रहेको छ ।

प्रकाशित : ९ असार २०७६, सोमबार १२:५९