सनराइज बैंक लिमिटेडको किन्जा र शिवालयमा शाखा विस्तार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

सनराइज बैंक लिमिटेडको किन्जा र शिवालयमा शाखा विस्तार



काठमाण्डौ । आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले सनराइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको छ ।

 

यसै क्रममा सोलुखुम्बु स्थित किन्जामा १०८ औँ र रामेछाप स्थित शिवालयमा १०९ औँे शाखा संचालनमा ल्याएको छ । आइतबार, आषाढ ८ गते आयोजित औपचारिक कार्यक्रमा लिकुपिके नगरपालिकाको मेयर श्री डम्बर बहादुर बस्नेतले किन्जा शाखाको उद्घाटन गर्नुभयो । साथै गोकूल गंगा गाउपालिकाको मेयर श्री खड्क बहादुर सुनुवारले शिवालय शाखाको आषाढ ९ गते उद्घाटन गर्नुभयो । सो कार्यक्रममा सन्राइज बैंकका अन्य पदाधिकारीहरmको उपस्थिति रहेको थियो ।

यो समेत गरी बैंकको शाखा संख्या १०९ वटा पुगेको छ । साथै बैंकले नेपाल अधिराज्य भर ३५ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर र १२२ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

साथै बैंकले आफ्ना सेवाहरm विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानहरmमा पनि थप शाखाहरm संचालन गर्दैजाने योजना रहेको छ ।

प्रकाशित : १० असार २०७६, मंगलवार ११:०७