स्ट्याण्डर्ड चार्टर्डको ४४ प्रतिशत लाभांश प्रस्ताव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

स्ट्याण्डर्ड चार्टर्डको ४४ प्रतिशत लाभांश प्रस्ताव



काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३८० औ संचालक समितिको बैठकबाट आफना शेयरधनीहरका लागी २५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि करिब १९ दशमलव २१ प्रतिशतको नगद लाभांश गरि ४४ दशमलव २१ प्रतिशतको कुल लाभांश दिने प्रस्ताव गरेको छ  । प्रस्तावित बोनस शेयर नेपाल राष्ट्र बैकँबाट पारित भए पश्चात र बैकँले आफना शेयरधनीहरलाई वितरण पश्चात बैकको चुक्ता पूँजी  २ अर्ब २४ करोड रुपैयाँ बाट २ अर्ब ८१ करोड २ लाख रुपैयाँ पुग्नेछ ।

यस अघि बैकले गरेको १५ प्रतिशत बोनस शेयर तथा २७ दशमलव ११ प्रतिशत नगद लाभांशको प्रस्तावलाई राष्ट्र बैंकबाट पारित नभएपछि राष्ट्र बैकको पूर्ण निर्देशन अनुसार बैंकले फेरी नयाँ लाभांश प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव राष्ट्र बैंक र कम्पनीको साधारण सभाबाट पारित भएपछि शेयरधनीका लागि लाभांश वितरण गरिने छ ।
बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ६१ करोड २० लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । त्यसैगरि बैंकले निक्षेपमा ५७ अर्ब ८८ करोड रुपैयाँ संकलन गरी कर्जा तर्फ २६ अर्ब १० करोड रुपैयाँ लगानी गरेको छ । निस्क्रिय कर्जा शुन्य दशमलव ४१ प्रतिशत, जोखिम युक्त सम्पति १५ दशमलव ८५ प्रतिशत, प्रतिशेयर आम्दानी ५४ दशमलव ४५ रुपैयाँ र मुल्य आम्दानीको अनुपात ४९ दशमलव १३ गुणा रहेको छ ।

प्रकाशित : १० फाल्गुन २०७२, सोमबार १५:२५