पुनर्निर्माण अभियानमा सेञ्चुरी बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

पुनर्निर्माण अभियानमा सेञ्चुरी बैंक



century-bankकाठमाडौँ ।  सेञ्चुरी बैंक लिमिटेडले महाभुकम्पले क्षति भएको त्रिपुरेश्वर स्थित त्रिभुवन सालिक परिसरमा रहेको ट्राफिक आईलेण्डको पुनर्निर्माण थालेको छ । आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले काठमाडौं महानगरपालिकासँग ५ बर्षसम्म उक्त परिसर मर्मत तथा सांभार गर्ने गरी सम्झौता समेत गरेको छ ।

आ.व. २०७२/७३ को पुस मसान्त सम्म यस बैंकले कुल निक्षेप रु.२४.०८ अर्व र कर्जा रकम रु. २०.८४ अर्व परिचालन गरी रु. २३.४२ करोड सञ्चालन मुनाफा र १६.०८ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

२०६७ फाल्गुण २६ गते काठमाण्डौंको पुतलीसडकस्थित प्रधान कार्यालयबाट ३१ औं वाणिज्य बैंकको रुपमा बैंकिङ्ग कारोवार सुरु गरेको यस बैंकले हालसम्ममा ३१ वटा शाखा, २८ वटा ए.टी.एम्, ११ वटा शाखारहित बैंकिङ्ग र दुईटा एक्सटेन्सन् काउन्टरबाट ग्राहकवर्गसमक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित : ११ फाल्गुन २०७२, मंगलवार ०७:३६